दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३, २०८३
|
|
११० पटक हेरिएको
Shares
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।
  • आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए ।
  • उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ।

३ साउन, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए ।

उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोडफोड, कब्जा, असंवैधानिक जस्ता कुराहरू हुँदैनन्। अहिले बनेको सरकार, यसको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको सरकार हो।’ ओलीले लोकप्रियताको नाममा पपुलिज्मको भद्दा अभ्यास भइरहेको पनि टिप्पणी गरे । उनले भने, ‘यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ।’

उनले सामाजिक सञ्जालमा दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको बताए। ओलीले लोकप्रियता हासिल गर्ने नाममा ’पपुलिज्म’ को भद्दा अभ्यास भइरहेको उल्लेख गर्दै त्यसले समाज र राजनीतिमा विकृति बढाएको धारणा राखे।  उनले भने, ‘सामाजिक सञ्जालले असामाजिक ढंगले काम गर्ने र समाजमा भयानक ढंगले विकृति फैलाउने। सामाजिक सञ्जालबाट स्वस्थ बहस हुन सक्छन्। तर कोही उत्तरदायी नहुने, दर्ता हुन नपर्ने, जवाफदेहिता हुनु नपर्ने, प्रतिनिधित्व लिन नपर्ने र निराधार, असत्य कुराहरू यसबाट प्रचार गर्ने, भ्रम फैलाउने काम भयो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो
सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने