Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत

सारांश

  • सामाजिक सञ्जाल फेसबुकमार्फत उनको सचिवालयले किसानलाई मलखाद वितरणमा विभेद गरे पनि जानकारी दिन भनेका हुन्।
  • ‘मलखाद कालाबजारीको सुराकी दिनुहोस्।
  • हामी छापा मार्छौं र कारबाही गर्छौं।

 

२७ मंसिर,  काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीमा मलखादको मूल्य बढी लिने, कालाबजारी गर्नेलाई कारबाहीको चेतावनी दिएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत उनको सचिवालयले किसानलाई मलखाद वितरणमा विभेद गरे पनि जानकारी दिन भनेका हुन्।

‘मलखाद कालाबजारीको सुराकी दिनुहोस्। हामी छापा मार्छौं र कारबाही गर्छौं। सप्तरीमा कतै पनि मलखादको मूल्य बढी लिइरहेको छ (कालाबजारी भइरहेको छ), मलखाद मौजूद वापत वितरण गरिरहेको छैन, वा पार्टीगत आधारमा पालिका वा वडा अध्यक्ष वा डिलरद्वारा भेदभाव गरिरहेको छ वा टाठाबाठालाई मात्रै दिने निमुखालाई नदिने कार्य भइरहेको छ भने कृपया हामीलाई खबर गर्नुहोस्’ राउतको सचिवालयले भनेको छ।

त्यस्तै कुनै डिलरले कालाबजारी तथा विभेद गरेको थाहा भए छापा मारेर सम्पूर्ण मलखाद जफत गरेर मुद्दा चलाउने चेतावनी पनि राउतको सचिवालयले दिएको छ। प्रहरी प्रशासनले कालाबजारीसँग मिलेको थाहा भए पनि सूचना दिन भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?