कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
६१ पटक हेरिएको
Shares
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ

सारांश

  • सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भन्दा मुख्यसचिव, सचिवसहितका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घेराउ गरेको बताएका छन्।
  • विधेयकमा कर्मचारीले खेलेको र अन्तिममा हस्ताक्षर गर्ने बेलामा राम्रोसँग नहेर्दा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपरेको प्रवक्ता गुरुङले बताए।
  • विधेयकमा कर्मचारीले खेल्दा प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा गए पनि केही समय लाग्नेजस्तो देखिएपछि निजामती ऐन र प्रहरी ऐन छिटो ल्याउनुपर्छ भनेर लागिपरेको गुरुङले बताएका छन्।

६ भदौ, पोखरा।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भन्दा मुख्यसचिव, सचिवसहितका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घेराउ गरेको बताएका छन्। विधेयकमा कर्मचारीले खेलेको र अन्तिममा हस्ताक्षर गर्ने बेलामा राम्रोसँग नहेर्दा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपरेको प्रवक्ता गुरुङले बताए। विधेयकमा कर्मचारीले खेल्दा प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा गए पनि केही समय लाग्नेजस्तो देखिएपछि निजामती ऐन र प्रहरी ऐन छिटो ल्याउनुपर्छ भनेर लागिपरेको गुरुङले बताएका छन्।

प्रेस चौतारी नेपाल कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रहरी ऐनका सन्दर्भमा केही असहमतिहरू रहे पनि ठूलो समस्या नरहेको जिकिर गरे । निजामती विधेयकको प्रस्ताव गर्दा कुलिङ पिरियड विषय नभएको तर समितिमा गएपछि कुरा उठेको गुरुङले बताए । कुलिङ पिरियड सुशासन कायम गर्ने कुरासँग जोडिएको बताए। कुलिङ अफ पिरियड राखिएन भने कर्मचारीहरू चाहिँ प्रधानमन्त्री कुनै मन्त्री, कुनै प्रधानमन्त्री, सभामुखसँग नजिक हुने र रिडायर्ड हुनेबित्तिकै जागिर खान जाने कुराले स्वार्थ बाझिने गुरुङको भनाइ थियो।

प्रतिनिधि तथा राष्ट्रिय सभा चलाउने तरिकामै समस्या रहेको उनले बताए । सभामुख या अध्यक्षले सम्बन्धित समितिमा गएपछि टाइमलाइन दिनुपर्ने उनको भनाइ थियो । एउटा विधेयक सभामा पेस भइसकेपछि पछाडि कति दिनभित्र सक्ने हो ? समय तोक्नुपर्छ भनेर आफूहरूले भनिरहेको उनले सुनाए। शून्य समय, विशेष समय भनेर संसद्‌लाई गफ गर्ने अखडाको रूपमा परिणत बनाइएको गुरुङले बताए । सांसदहरूको मुख्य काम विधायिकी हो, विधेयक बनाउनेमै ध्यान दिनुपर्छ भन्दै उनले यसपटक धेरै विधेयक पास भएको र त्यो पनि पर्याप्त भने नरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
प्रहरीका ३ डीआईजीसहित १०४ जना पुरस्कृत
प्रहरीका ३ डीआईजीसहित १०४ जना पुरस्कृत
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक