नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
  • चितवनको कालिका नगरपालिका- ५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन् ।

६ भदौ, दाङ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका- ५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । उनलाई नक्कली प्रमाणपत्र बनाउने कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए । यादवसँग विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्री बरामद भएको थियो । यादवको बयानका आधारमा कँडेल पक्राउ परेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’
‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’