शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
६० पटक हेरिएको
Shares
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम

सारांश

  • नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
  • शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ ।
  • महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।

६ भदौ, काठमाडौँ ।

नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ । महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।  उनका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ ।  ‘अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुन्छ’,  अध्यक्ष सुवेदीले भने । उनले सरकारसँग गरेको २७ बुँदे सहमति नै बटमलाईन भएको र सो अनुसार सरकारले आफ्ना माग पुरा नगरेको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ