सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
६० पटक हेरिएको
Shares
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र

सारांश

  • बाह्रै महिना पहिरो जाने र सडक अवरुद्ध हुने सिद्धबाबा सुरुङमार्ग निर्माण थालेको ४ वर्ष पुग्यो ।
  • ५ वर्षमा सक्ने भनिएको सुरुङमार्ग ४ वर्ष पुग्दा सुरुङमार्गको भौतिक प्रगति झण्डै ६० प्रतिशत पुगेको छ ।
  • आयोजनाका प्रमुख कृष्णराज अधिकारीका अनुसार भौतिक प्रगति ५९.

६ भदौ, बुटवल ।

बाह्रै महिना पहिरो जाने र सडक अवरुद्ध हुने सिद्धबाबा सुरुङमार्ग निर्माण थालेको ४ वर्ष पुग्यो । ५ वर्षमा सक्ने भनिएको सुरुङमार्ग ४ वर्ष पुग्दा सुरुङमार्गको भौतिक प्रगति झण्डै ६० प्रतिशत पुगेको छ । आयोजनाका प्रमुख कृष्णराज अधिकारीका अनुसार भौतिक प्रगति ५९.७३ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डअन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबामा सुरुङमार्ग निर्माण भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङको भुइँ र भित्ताको ढलान कार्य तीव्र गतिमा भइरहेको छ । यस बाहेकका अन्य प्राविधिक कामहरू पनि निरन्तर अघि बढिरहेका छन् ।

मुख्य सुरुङमार्गको भुइँ भागमा १ हजार ८९ मिटर ढलान सकिएको छ । दायाँबायाँ गरी ९ सय ९४ मिटर लाइनिङको काम सम्पन्न भएको छ । हाल थप २९२ मिटर खण्डमा लाइनिङ कार्य जारी छ । सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय ५१ मिटर, दोस्रो एक सय ६१ मिटर र तेस्रो एक सय ३० मिटर छ  । पहिलो बाइपासमा एक सय ४५ मिटर इन्भर्ट र एक सय २४ मिटर लाइनिङको काम सकिएको छ । दोस्रो बाइपासमा इन्भर्टको काम १५७.८ र लाइनिङको काम ८.३ मिटर सकिएको छ ।

यस्तै, सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम एक सय २५ मिटर र लाइनिङको काम १०४.२ मिटर भइसकेको छ । दुई लेनको मुख्य सुरुङमार्गको लम्बाइ १ हजार ८९ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब ७ मिटर रहनेछ । सुरुङभित्र अब अत्यावश्यक कार्यका सवारी साधनहरू ओहोरदोहोर गर्न सक्ने अवस्था बनिसकेको छ । सुरुङमार्गको सम्पूर्ण निर्माण कार्य २०८३ सालसम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । सुरुङमार्ग सिद्धबाबा क्षेत्रको चार किलोमिटर सडकलाई पहिरोको जोखिममुक्त बनाउन काम भइरहेको छ । सुरुङ बनेपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, रूपन्देही, म्याग्दी, कपिलवस्तुलगायतका जिल्लामा जान आउन सहज हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए