क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
४ भदौ, सर्लाही ।
सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विवाद चुलिएको छ। सभापति सुजित कुमार यादवले पद गुमाइसके पनि अझै जिम्मेवारी सम्हालिरहेको भन्दै जिल्ला अदालत सर्लाहीमा रिट निवेदन दर्ता गरिएको छ। विद्यार्थी युनियनका सदस्य अकाश कुमार यादवले अदालतमा दायर गरेको निवेदनमा सभापति यादवको पद वैधानिक नभएको दाबी गरिएको छ। उनका अनुसार सुजित यादवले वि.वि.एस. चौथो वर्षको अन्तिम परीक्षा दिइसकेकाले क्याम्पस विधानअनुसार उनको पद आपसै समाप्त भएको हो।
तर, उनी अझै पनि सभापति बनेर निर्णय गर्दै आएको भन्दै अदालतमार्फत रोक्न माग गरिएको अकाश यादवले बताए। निवेदनमा सचिव रौशन कुमार यादव, कोषाध्यक्ष नितु कुमारी, सदस्य प्रेम प्रविन यादव, सनरचना यादव, उमेश यादव र चन्दा कुमारीलाई समेत विपक्षी बनाइएको छ।
यता, सभापति सुजित यादवले भने आफू वैधानिक रूपमा नै पदमा रहेको दाबी गरेका छन्। उनका अनुसार सर्लाही क्याम्पसमा भएको निर्वाचन त्रिभुवन विश्वविद्यालयको निर्वाचन निर्देशिका अनुसार सम्पन्न भएको र सोही आधारमा आफू सभापतिको जिम्मेवारी सम्हालिरहेको बताएका छन्।






Post Comment