२६ भाद्र २०८२, बिहीबार

उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै

३ भदौ, काठमाडौं ।

विपक्षी दलहरूको बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उपसभामुख हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्न लागेका हुन् ।

‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि एकैछिन बसेको पदाधिकारी बैठक विपक्षी दलहरूसँग छलफल गर्नु उचित हुने राय दिएपछि बैठक आह्वान भएको हो,’ प्रचण्ड सचिवालयका सदस्य गोविन्द आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment