२४ माघ २०८२, शुक्रबार

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

३० साउन, काठमाडौं ।

कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । सभामुखको सचिवालयका अनुसार संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।

प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सच‍िवालयलाई आवश्यक कार्यान्वयनका लागि प्रतिवेदन पठाउन भनिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?