राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

सारांश

  • राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार (साउन २७) प्रतिनिधिसभा बैठकमै पदबाट राजीनामाको घोषणा गरेका छन्।
  • निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था यथावत रहँदा उठेको विवादपछि उनले “नैतिकताको आधारमा” पद छाडेको बताए।
  • संसदीय छानबिन समितिले उनको राजीनामा माग नगरे पनि, उनले स्वेच्छाले जिम्मेवारी त्यागेका हुन्।

२७ साउन, काठमाडौं ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार (साउन २७) प्रतिनिधिसभा बैठकमै पदबाट राजीनामाको घोषणा गरेका छन्। निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था यथावत रहँदा उठेको विवादपछि उनले “नैतिकताको आधारमा” पद छाडेको बताए।

संसदीय छानबिन समितिले उनको राजीनामा माग नगरे पनि, उनले स्वेच्छाले जिम्मेवारी त्यागेका हुन्। राजीनामा घोषणाका क्रममा खतिवडाले २६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)ले गरेको ऐतिहासिक सम्बोधनको स्मरण गरे।

“आजभन्दा २६ वर्षअघि २०५६ चैत ३ गते किसुनजीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा रोस्ट्रममै भावुक हुँदै भन्नुभएको कुरा आज पनि कानमा गुञ्जिरहेजस्तो छ— देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी कहिले मुक्त हुने हो? के प्रजातन्त्रको लडाइँको सार कुटिल राजनीतिको अन्त्य र पारदर्शिताको स्थापना होइन?” खतिवडाले भने।

उनका अनुसार ‘कुलिङ अफ पिरियड’को प्रावधान राख्नुपर्नेमा आफू अगाडि बढेको तर अन्ततः सो व्यवस्था यथावत रहेपछि उल्टै आफू नै “दण्डित” भएको इतिहासमा लेखिनेछ।“यो विधेयकमा मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन,” खतिवडाले भने, “मेरो उद्देश्य संवैधानिक संयन्त्रलाई निष्पक्ष र दर्बिलो बनाउनु मात्र थियो। राज्यको ठूलो लगानी भएका ती संस्थाहरू नियुक्तिका कारण विवादमा परिरहेका छन्, जसले प्रश्न र शंका जन्माइरहेको छ।” खतिवडाको राजीनामासँगै समितिको नेतृत्व रिक्त भएको छ। अब नयाँ सभापति चयन गर्न प्रतिनिधिसभा प्रक्रियामा प्रवेश गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु