कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक
१९ साउन, काठमाडौं ।
कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । परीक्षा बोर्डको स्रोतले दिएको जानकारी अनुसार हिजो –आइतबार डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।
क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment