गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
९७ पटक हेरिएको
Shares
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु

सारांश

  • गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् ।
  • इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्।
  • केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्।

११ साउन, गाजा।

गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्।

गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ।इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् ।बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन्। एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिंगटासँग जुधिरहेका छन्। कुपोषणले ज्यान गुमाउने बढ्दै दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार गाजाका सबै मानिसहरू भोकमरीको संकटसँग जुधिरहेका छन्। कुपोषणका कारण ज्यान गुमाउने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ।

उनका अनुसार युद्ध सुरु हुँदा अस्पतालमा सबैभन्दा बढी घाइतेहरू हवाई आक्रमणबाट पीडित हुन्थे तर अहिले ती स्थानमा कुपोषणग्रस्त बालबालिका आएका छन्। उता, संयुक्त राष्ट्रसंघले गाजाको एक तिहाइ जनसंख्या धेरै दिनमा एकचोटि मात्र खाना पाउने अवस्थामा छन् । इजरायली सेनाले गाजामा हवाई मार्गबाट सहायता पुर्‍याउन सुरु गरिसकेको छ। यसअघि एक इजरायली सुरक्षा अधिकारीले सीएनएनसँग बताए अनुसार गाजामा भोकमरी संकटपछि उत्पन्न दयनीय मानवीय अवस्थाप्रति बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले विदेशी मुलुकहरूलाई हवाई मार्गबाट सहायता पुर्‍याउन अनुमति दिनेछ। इजरायलका लागि अमेरिकास्थित राजदूत येचिएल लाइटरले शनिबार जनाएका अनुसार इजरायली सेनाले आइतबारदेखि गाजाका लागि मानवीय कोरिडोर खोल्नेछ । यसको उद्देश्य गाजावासीका लागि सहायता बढाउनु हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास शान्ति होइन, मृत्यु खोजिरहेको प्रतिक्रिया दिएका छन् । उनले इजरायललाई गाजामा लक्ष्य पूरा गर्न र सैन्य कारबाही तीव्र बनाउन आग्रह गरेका छन्। ट्रम्पले भने, ‘इजरायलले हमासलाई सम्पूर्ण रूपमा समाप्त गर्ने समय आइसकेको छ । त्यसलाई निखार्नैपर्छ ।’ गाजाको सरकारी मिडियाका अनुसार गत महिला इजरायली सेनाले प्यालेस्टिनी जनतालाई लागूपदार्थ (ड्रग्स) दिइरहेको आरोप लगाएको थियो । गाजा ह्युम्यानिटेरियन फाउन्डेसनले बाँडेका पीठोको बोरामा अक्सिकोडोन नामक लागूपदार्थका गोलीहरू भेटिएका उनीहरूको आरोप छ । जीएचएफ इजरायली सेनाद्वारा सञ्चालित छ र अमेरिकाबाट समर्थन पाएको संस्था हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
केयूको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक
केयूको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?