Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् ।
  • साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।
  •   ‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु ।

 

९ वैशाख, जेद्दा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् । साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।  ‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारतले साउदी अरबसँगको आफ्नो ऐतिहासिक सम्बन्धलाई महत्त्व दिन्छ ।

विगत एक दशकमा द्विपक्षीय सम्बन्धले उल्लेखनीय गति लिएको छ । म रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन उत्सुक छु । म त्यहाँ रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछु ।’ साउदी अरेबिया जानुअघि प्रधानमन्त्री मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै भनेका थिए ।  मोदीको तेस्रो कार्यकालमा उनको यो पहिलो साउदी अरब भ्रमण हुनेछ । यसअघि उनले २०१६ र २०१९ मा त्यहाँ भ्रमण गरेका थिए ।

सेप्टेम्बर २०२३ मा जी२० शिखर सम्मेलनको छेको पारेर मोहम्मद बिन सलमानले भारतको भ्रमण गरेपछि यो भ्रमण भएको हो । सोही समयमा, रणनीतिक साझेदारी परिषद्को पहिलो बैठक पनि सम्पन्न भएको थियो । भ्रमणको क्रममा दुई देशबिच कयौँ सम्झौतामा हस्ताक्षर हुन सक्ने मोदीले बताएका छन् । सम्झौताहरू अन्तिम स्वीकृतिको चरणमा रहेका र भ्रमणको क्रममा पूर्ण विवरणहरू साझा गरिने पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै