११ श्रावण २०८२, शनिबार

तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग

९ साउन, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभामो शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको टिप्पणी गर्नुभयो । न्यायपालिकाले तीनकुने घटनाकारे सत्यतथ्य रुपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराधसहति चारवटा झुटा मुद्दा लगाइएको छ । मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दुधको दुध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ । म संसदमार्फत माग गर्न चाहान्छु तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गरौं । यस्तो घटनाको पनि छानविन गर्दैनौं भने हामी के को छानविन गर्ने ? र दोषिलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् ।’
उहाँले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?