झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गर्नुभएको छ ।
  • बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
  • उहाँले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गर्नुभयो ।

७ साउन, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गर्नुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको बताउनु भयो । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताउनु भयो । हरेक दिन २५ सय नेपालीहरु विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गर्नुभयो ।  सम्मानित नेता खनालले भन्नुभयो, ‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिष्ट पार्टीको सरकार छ । तर कम्युनिष्ट पार्टी कसरी भयानक ढंगले बर्बादीतर्फ, बदनामतर्फ गइरहेको छ । हामीले जुन बेलामा नयाँ जनवाद स्थापना गर्न सकेको भए समाजवादतर्फ जाने अनिवार्य आधार बन्थ्यो । तर पुँजीवादी जनवाद स्थापना भयो । बहुदलीय जनवाद स्थापना भयो ।

त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुई वटा हात्ती जस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । देश र जनताको हितमा कमिलो मार्न पनि यो सरकारले सक्दैन । एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेका छन् । भ्रष्टहरुले देशमा शासन गरिरहेका छन् । भ्रष्टाचार आज यो देशको हर क्षेत्रमा व्याप्त भएको छ । जबसम्म भ्रष्टाचार उन्मुलुन गर्ने अभियान एउटा आँबीबेहरी ल्याउन सकिँदैन, तबसम्म यो देशका जनताले हक पाउने कुनै सम्भावना छैन । रोजगारी सिर्जना गर्ने कुनै सम्भावना छैन । हरेक दिन विदेशमा २५ सय मानिस जाँदैछन् । ५ जना मानिसहरुको शव बाकसमा फर्किएको छ । यही हो बहुदलीय जनवादले गरेको काम । पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’ सम्मानित नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताउनु भयो । ०६२—०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
बजेट तयारीबारे प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवहरूसँग छलफल गर्ने
बजेट तयारीबारे प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवहरूसँग छलफल गर्ने
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र