देश जटिल मोडमा छः अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
३७ पटक हेरिएको
Shares
देश जटिल मोडमा छः अध्यक्ष दाहाल

सारांश

  •   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताउनुभएको छ ।
  • बिहीवार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
  • उहाँले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गर्नुभयो ।

१ साउन, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गर्नुभयो । अहिलेको सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाउनु भयो ।

उहाँले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताउनु भयो । जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने बताउनु भयो ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिाकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ । अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन ।

सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ । हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’ अध्यक्ष दाहालले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरुविरुद्ध सफलता हात पार्नसक्ने बताउनु भयो । आफूहरुले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरित गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना