आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ ।
  • हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ ।

३२ असार, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तर अर्थात् नेपालतर्फ रहेकाले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षा हुने प्रक्षेपण गरिएको हो ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा एवं हिमपातको समेत सम्भावना औंल्याइएको छ । मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना आज राति भने मधेश प्रदेशमा समेत वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनले खडेरीको सामना गरिरहेको मधेश प्रदेशमा समेत आज राति वर्षाको सम्भाना रहेको बताइन् । उनका अनुसार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने उनले बताइन् ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको चल्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने सम्भावना पनि छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण र सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
मन्त्रिपरिषद बैठक जारी
मन्त्रिपरिषद बैठक जारी
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादी दुबईबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादी दुबईबाट पक्राउ
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै