सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ ।
  • हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ ।

३२ असार, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तर अर्थात् नेपालतर्फ रहेकाले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षा हुने प्रक्षेपण गरिएको हो ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा एवं हिमपातको समेत सम्भावना औंल्याइएको छ । मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना आज राति भने मधेश प्रदेशमा समेत वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनले खडेरीको सामना गरिरहेको मधेश प्रदेशमा समेत आज राति वर्षाको सम्भाना रहेको बताइन् । उनका अनुसार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने उनले बताइन् ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको चल्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने सम्भावना पनि छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण र सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते