काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ

सारांश

  • पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ ।
  • व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् ।
  • ह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

३० असार, काठमाडौं ।

पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् । ह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ४७ वर्षीय चेङवाङविरुद्ध असार ६ मा काठमाडौँ जिल्ला अदालतले ४ करोडको बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

सिन्धुली घर भएका राजकुमार बराललाई उनले दिएको ४ करोडको चेक बाउन्स भएको र त्यसबिरुद्ध बैङ्किङ कसुरको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको थियो । यसअघि असार १३ मा सो टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका थिए । १० करोड बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा अदालतले भेटवाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएसँगै ६ दिन हिरासतमा बसेर उनी रिहा भएका थिए ।

नरेशकुमार चेङवाङ पनि जलेश्वर बिकोई विलडर्स प्रालिमा आबद्ध रहेको र भेटवालको व्यवसायिक साझेदार रहेको प्रहरी अधिकृतहरू बताउँछन् । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना