देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
४८ पटक हेरिएको
Shares
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

सारांश

  • उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् ।
  • नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले शनिबार आयोजना गरेको ‘एसईई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहलहैमा नलाग्न आग्रह गरे ।
  • उनले भने, ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ ।

२८ असार, काठमाडौँ ।

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले शनिबार आयोजना गरेको ‘एसईई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहलहैमा नलाग्न आग्रह गरे । उनले भने, ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ ।

जसले जे भने पनि त्यसलाई पत्याएर लहलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ । अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो ।’

उनले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिए ।  आफू विद्यार्थी हुँदा विषय छनोटमा सीमितता रहेको स्मरण गर्दै मन्त्री सिंहले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको बताए ।

‘देशलाई विकास र निर्माणको बाटोमा अगाडि बढाउने जिम्मेवारी हाम्रो हो, यसमा हामी गम्भीर भएर काम गर्नुपर्छ र गरिरहेका छौं,’ उनले भने । उपप्रधानमन्त्री सिंहले अध्ययनका लागि मात्र विदेश जानुपर्ने बाध्यता अहिले नरहेको बताउँदै देशमै बसेर उच्च शिक्षा आर्जन गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी