सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित

सारांश

  • इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (प्रनानि) सुभाष यादव असार महिनाका लागि सर्लाही जिल्लाका उत्कृष्ट प्रहरी घोषित भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रनानि यादवको नेतृत्वमा भन्सार छल गरेर ल्याइएका ठूला परिमाणका सामानहरू नियन्त्रणमा लिइएका छन्।
  • उनले विभिन्न मितिमा झण्डै चार करोड ३६ लाख ४२ हजार ७७१ रुपैयाँ बराबरको लसुन, इलेक्ट्रोनिक्स उपकरण, हार्डवेयर पार्ट्स, रबर, सुपारी, औषधि, कपडालगायत सामग्री बोकेका १० वटा ट्रक नियन्त्रणमा लिने सफलता हासिल गरेका थिए।

२७ असार, काठमाडौं ।

इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (प्रनानि) सुभाष यादव असार महिनाका लागि सर्लाही जिल्लाका उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रनानि यादवको नेतृत्वमा भन्सार छल गरेर ल्याइएका ठूला परिमाणका सामानहरू नियन्त्रणमा लिइएका छन्।

उनले विभिन्न मितिमा झण्डै चार करोड ३६ लाख ४२ हजार ७७१ रुपैयाँ बराबरको लसुन, इलेक्ट्रोनिक्स उपकरण, हार्डवेयर पार्ट्स, रबर, सुपारी, औषधि, कपडालगायत सामग्री बोकेका १० वटा ट्रक नियन्त्रणमा लिने सफलता हासिल गरेका थिए। त्यसैगरी, २२ असारमा परालको भुसमा लुकाएर ल्याइएको ८२० किलो काजु बरामद गरिएको थियो, जसको बजार मूल्य करिब १३ लाख रुपैयाँ रहेको छ।

प्रनानि यादवको सक्रियतामा भारतसँगको सिमाक्षेत्रमा भइरहेको मानव तस्करी नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुगेको छ। भारतीय सुरक्षाकर्मीहरूसँगको समन्वयमा भारततर्फ लैजाँदै गरिएका बालबालिकाको उद्धार समेत सफलतापूर्वक गरिएको छ। उनले सर्लाही जिल्लामा अपराध नियन्त्रण, भन्सार छलवाझ रोकथाम तथा समन्वयकारी सुरक्षात्मक गतिविधिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट