Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

सारांश

  • बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ ।
  • सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो ।
  • जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।

२६ असार, जनकपुरधाम ।

बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो । जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।

यस्तै सत्ता पक्षबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव छन् । सदनमा यस विषयमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् । तर, सरकारका मन्त्री समेत कार्यदलमा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रश्न उठाएका छन् । उनले कार्यदलमा सरकारका मन्त्री सहभागी गराउन नहुने बताए ।

तर मुख्यमन्त्री सतिशकुमार सिंहले सर्वदलीय बैठकमा भएको सहमति अनुसार नै कार्यदल गठन भएको जवाफ दिएका छन् । सहमति अनुसार भएको कार्यदल गठनबारेमा अहिले टिकाटिप्पणी गर्नु उचित नहुने उनको तर्क छ । यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि सदन बैठक स्थगित गरेका छन् । विपक्षी दलहरूले नियमित चार दिनदेखि बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँधीखोलामा आठ करोड लागतमा तटबन्ध निर्माण
आँधीखोलामा आठ करोड लागतमा तटबन्ध निर्माण
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण