मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

सारांश

  • बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ ।
  • सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो ।
  • जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।

२६ असार, जनकपुरधाम ।

बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो । जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।

यस्तै सत्ता पक्षबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव छन् । सदनमा यस विषयमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् । तर, सरकारका मन्त्री समेत कार्यदलमा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रश्न उठाएका छन् । उनले कार्यदलमा सरकारका मन्त्री सहभागी गराउन नहुने बताए ।

तर मुख्यमन्त्री सतिशकुमार सिंहले सर्वदलीय बैठकमा भएको सहमति अनुसार नै कार्यदल गठन भएको जवाफ दिएका छन् । सहमति अनुसार भएको कार्यदल गठनबारेमा अहिले टिकाटिप्पणी गर्नु उचित नहुने उनको तर्क छ । यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि सदन बैठक स्थगित गरेका छन् । विपक्षी दलहरूले नियमित चार दिनदेखि बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने
यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने
अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह
अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना