धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी

सारांश

  •    धनुषा जिल्लाको गोदरमा चारतारे मनसरा होटल बन्ने भएको छ ।
  • मनसरा होटल प्रालिले सन् २०२४ मा होटल दर्ता गरी निर्माण सुरु गरेको हो ।
  • होटल ९.

२५ असार, काठमाडौं ।  

धनुषा जिल्लाको गोदरमा चारतारे मनसरा होटल बन्ने भएको छ । मनसरा होटल प्रालिले सन् २०२४ मा होटल दर्ता गरी निर्माण सुरु गरेको हो । होटल ९.२ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ । होटलमा ६० वटा सुविधा सम्पन्न कोठा बन्नेछ । जसमा एउटा आवासीय सुइट, २ वटा सुइट कोठा, ३६ वटा डिलक्स कोठा र २१ वटा स्ट्यान्डर्ड कोठा हुने छ । होटलमा रेष्टुरेन्ट, जीम तथा स्वास्थ क्लब, स्वीमिङ पुल, स्पा र विवाह तथा ब्याङ्क्वेट सुविधा हुनेछ ।

कम्पनीले होटल निर्माण गर्न १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले ३९:६१ लगानीको अनुपात राखेको छ । कम्पनीले होटल निर्माणका लागि ६० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । हालसम्म कम्पनीको १६ प्रतिशत आर्थिक प्रगति भइसकेको उल्लेख गरेको छ । जसमा कम्पनीले १६ करोड रुपैयाँ इक्विटीमार्फत् लगानी गरिसकेको छ । कम्पनीअनुसार हालसम्ममा बैंकबाट कर्जाको लागि सम्पूर्ण कार्य भइसकेको अवस्था छ ।

हालसम्ममा कम्पनीले ४९ करोड ५० लाख रुपैयाँ कर्जाका लागि अनुमति पाइसकेको छ । त्यसमध्ये ९ करोड ७५ लाख रुपैयाँ बैंकबाट पाइसकेको अवस्था छ । त्यसैगरी १९ करोड ५० लाख रुपैयाँ रुपैयाँ आयोजनामा लगानी भइसकेको जनाएको छ । कम्पनीले हाल होटल निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाएको छ । हाटल आगामी २०२७ को अप्रिलसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।कम्पनीका अध्यक्ष इन्दिरा पन्त हुन् । उनी कालिञ्चोक हाइड्रोका पनि पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण