११ श्रावण २०८२, शनिबार

१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार, काठमाडौँ ।

एक जना चिनियाँ नागरिक स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जियान रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वाङलाई सोमबार साँझ बौद्धबाट पक्राउ गरेको  एसपी अपिल राज बोहराले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धसमेतको टोलीले बौद्धको नयाँ बस्ती स्थित एक कोठामा छापा मार्दा सो रकम फेला पारेको थियो । यो रकम हुण्डीको हुन सक्ने प्रहरीको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?