फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

सारांश

  • काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।
  • भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।
  • सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए ।

 

३ पुस, काठमाडौं।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् । भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।

सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए । यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् । उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा थिइन् । उता कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश थिए । उनले पनि ठूलो मतान्तरले जित निकालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?