केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय
२१ असार, काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्र सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिइन् ।
‘सुदूरपश्चिम सरकारबाट हामी हिजो (शुक्रबार) नै बाहिरिसकेका छौँ । केन्द्र सरकारबाट पनि बाहिरिने निर्णयमा पुग्यौँ । ओली नेतृत्वको सरकारमा नाउपमाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । राज्यमन्त्री चौधरीले आइतबार प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाउने पनि अध्यक्ष श्रेष्ठले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment