हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

२१ असार, हमास ।
हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघेको छ । उक्त द्वन्द्वका कारण मृत्यु हुनेको हालसम्म ५७ हजार २६८ पुगेको छ । यस्तै १ लाख ३५ हजार ६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यसवर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६ हजार ७१० पुगेको छ भने घाइतेको संख्या २३ हजार ५८४ रहेको छ । विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन् ।

Related posts:
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र



Post Comment