जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
१६ असार, दाङ ।
दाङमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका- ५ बस्ने मोहम्मदसाहिल खान छन् । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोहम्मदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment