१५ असार २०८२, आईतवार

प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

१ असार, काठमाडौं ।

प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२—८३ को बजेट आइतबार ल्याउँदै छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आर्थिक वर्ष २०८२–८३को आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत सम्बन्धित प्रदेशसभामा प्रस्तुत गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । यसैगरी लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१-८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो । बाग्मती प्रदेशले ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०८१-८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । यस्तै, मधेश प्रदेशले आर्थिक वर्ष २०८२-०८३ का लागि करिब ४५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।आर्थिक वर्ष २०८१–८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment