एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ ।
  • बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए ।
  • दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

२९ जेठ, काठमाडौं ।

भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

उनका अनुसार घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ । दुर्घटनास्थलमा अहिलेसम्म  १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय समय) रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो ।विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो ।

दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे बाट टेकअफ गरेको केही मिनेटमै विमान नजिकै भवनमा ठोक्कियो । विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका विवरणहरु आएका छन् । दुर्घटनापछि एयर इन्डियाले यात्रुका आफन्तलाई सहजीकरण र सूचना दिन हटलाइन नम्बर जारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
लडेर एक बालकको मृत्यु
लडेर एक बालकको मृत्यु
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ