१४ असार २०८२, शनिबार

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

२९ जेठ, काठमाडौं । 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् । महासचिव पोखरेल शुक्रबारदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न गएका हुन् । पोखरेलका साथमा एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि गएकी छन् ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै कूटनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment