घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
  • नेपाल खानेपानी संस्थान अन्तर्गत भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उनले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिए।
  • मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए।

२८ जेठ, झापा।

खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल खानेपानी संस्थान अन्तर्गत भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उनले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिए। मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए। उनले देशभर सतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पारे।

पृ==थ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण योजना दुई वर्ष सञ्चालनमा आएर विगत ३० वर्षदेखि बन्द रहेको बताए। उनले खानेपानी संस्थानमा स्वामित्व हस्तान्तरण गरेसँगै यहाँका जनताले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गरे। संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका-१, २ र ३ का तीन हजार ५ सय घरपरिवार लाभान्वित हुने जानकारी दिए। उनले मन्त्रालयको उद्देश्य एक घर एक धारामा शुद्ध खानेपानी पुर्‍याउने रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति
ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो
ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक