Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
५५ पटक हेरिएको
Shares
दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार

सारांश

  • दशकौँ सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेसन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।
  • लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो ।
  • २०८० जेठ १५ देखि व्यावसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो ।

२६ जेठ, लुम्बिनी ।

दशकौँ सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेसन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ । लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो । २०८० जेठ १५ देखि व्यावसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो ।

बुटवल–३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेसन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ । दशकौँसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेसनसहित प्रख्यात शक्ति पीठ  कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई

साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । वसन्तपुरमा प्रख्यात शक्ति पीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनर्निर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् । केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर  लगायत विभिन्न संघ,संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्द्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए ।

वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका अपरेसन म्यानेजर सैंजूको भनाई थियो । धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाइको थलो बनेको उनले बताए ।  केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई  टिकटमा ५० प्रतिशत छुट  तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ । यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ । अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गन्डोला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
९ क्विन्टलभन्दा बढी गाँजासहित सुनसरीमा ४ जना पक्राउ
९ क्विन्टलभन्दा बढी गाँजासहित सुनसरीमा ४ जना पक्राउ
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग