असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
९१ पटक हेरिएको
Shares
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

सारांश

  •   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्  ।
  •   प्रारम्भिक बालविकास लागि सङ्घीय सांसदहरूको सहकार्य र  समन्वय समूहले शनिबार आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रममा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे।
  • शिक्षामन्त्री पन्तले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ ।

२४ जेठ, काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्  ।  प्रारम्भिक बालविकास लागि सङ्घीय सांसदहरूको सहकार्य र  समन्वय समूहले शनिबार आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रममा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे।

शिक्षामन्त्री पन्तले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ ।’ उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए । सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने उनको भनाइ छ । शिक्षामन्त्री पन्तले भने, ‘समय सापेक्ष कानुन संशोधन गर्दै जाने हो, युगको आवश्यकताअनुसार सम्बोधन गर्दै जानुपर्छ ।’ संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने माग सम्बोधन हुने उनको भनाइ छ ।

‘जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा नौ बुँदे सहमति नगद हो भनेको थिए, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ’, शिक्षामन्त्री पन्तले भने, ‘उहाँहरुका जायज माग सम्बोधन हुन्छ ।’ मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्न सक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले उल्लेख गरे।   उनले भने, ‘प्रारम्भिक बाल विकासलाई  शिक्षा प्रणालीभित्र कसरी समावेश गर्ने र समग्र बालबालिकाको विकासलाई कसरी नीतिगत रुपमा समावेश गर्नेभन्ने कुरामा हामी पहिला प्रष्ट हुनुपर्छ ।’प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्मरबहादुर थापाले प्राथमिकताको आधारमा शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध
नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा