२५ जेष्ठ २०८२, शनिबार

मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने

 २१ जेठ, काठमाडौँ ।

न्यायपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार  बैठक बोलाउन  निर्देशन दिएको न्यायपरिषद् स्रोतले जानकारी दिएको छ । केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने विषयमा कुरा उठेको थियो।

न्यायपरिषद्‍मा उनीहरुविरुद्ध छानबिन हुनुपर्ने मागसहित उजुरी परेपछि र चौतर्फी  प्रश्न उठ्न थालेपछि सदस्यहरूसँगको परामर्शमा प्रधानन्यायाधीशले बैठक बोलाउन निर्देशन  दिएको बताइएको छ । न्यायपरिषद्‍ले मुद्दाको मिसिलसमेत मगाइसकेको बताइएको  छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको न्यायपरिषद्‍मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, सदस्यहरू रामप्रसाद भण्डारी र दामोदर खड्का अनि कानूनमन्त्री अजयकुमार चौरसिया सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?