कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
६२ पटक हेरिएको
Shares
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन

सारांश

  • नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।
  • सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए ।
  • उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए ।

१४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए । ‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन ।

किन छानबिन समिति बनाउने ?,’ घिमिरेले  भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो । बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
दक्षिण अफ्रिकालाई हराउँदै  न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
आज चार संसदीय समितिका बैठक बस्दै
आज चार संसदीय समितिका बैठक बस्दै
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध