कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

सारांश

  • कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
  • भजनी सुखड सडकखण्ड अन्तरगत घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ पौने ८ बजेको समयमा सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री अन्दाजी ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लागि घोडाघोडी अस्पताल, सुखडमा पौने ९ बजेतिर मृत्यु भएको जानकारी दिए ।

१३ जेठ, धनगढी ।

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । भजनी सुखड सडकखण्ड अन्तरगत घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ पौने ८ बजेको समयमा सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री अन्दाजी ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लागि घोडाघोडी अस्पताल, सुखडमा पौने ९ बजेतिर मृत्यु भएको जानकारी दिए । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-७ बस्ने २५ वर्षीय भरतबहादुर बम पनि घाइते भएका छन् । उनको  घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड