११ श्रावण २०८२, शनिबार

मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु

 

१३ जेठ, नवलपुर । 

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । अम्रसाबाट चोरमारा बजारतर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएर  अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये

मध्यविन्दु नगरपालिका–७ बस्ने वर्ष २४ का नवीन कुमाल र स्थानीय २२ वर्षका रादिम मिधुनको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकलमै सवार रहेका २८ वर्षीय मनिष घर्ती मगरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?