नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
११६ पटक हेरिएको
Shares
नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन्।
  • नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले समाज र देशको विकास हुन नसक्ने बताएकी हुन्।

 

९ जेठ, टोकियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन्। नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले समाज र देशको विकास हुन नसक्ने बताएकी हुन्। उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले भनिन्, ‘कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ। समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन। सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन।’ मन्त्री डा. राणाले गैरआवासीय नेपालीलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन्। मन्त्री डा. राणाले भनिन्, ‘संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ। तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ। त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस्।’

मन्त्री डा. राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट पारेकी छन्। मन्त्री डा. राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीलाई आग्रह पनि गरिन्। आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
तोलामा २ हजार घट्यो सुनको मुल्य
तोलामा २ हजार घट्यो सुनको मुल्य
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी
नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै