२६ जेष्ठ २०८२, आईतवार

ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्

 

७ जेठ, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती गयो भन्दै विदेशबाट फोन गरेर हैरान पारेको गुनासो गरेका छन् । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाए । तर त्यसरी विदेशबाट बत्ती गयो भन्दै आउने फोनमा कुनै तथ्य नपाइएको पनि उनले बताए ।

उनका अनुसार देशका सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ । ‘बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता प्राविधिक कारणबाट भएको हो ।’ ‘विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट । बत्ती गयो भन्ने गुनासो गर्छन्’, उनले भने, ‘तर हामीले जब त्यस स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौँ । यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?