जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश

सारांश

  • जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।
  • अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
  • धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

४ जेठ, काठमाडौं ।

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३.१२ वर्गमिटरमा (साढे चार आना) तीन तले आठ कोठे घरको विवादका कारण उनी पक्राउ परेका थिए । यो खरिदका लागि भने जनमत पार्टीको सचिवालयले नै निर्णय गरेर कोषाध्यक्ष समेत रहेका यादवलाई जिम्मा दिएको बताएको थियो । त्यस वापत रकम कोषाध्यक्ष यादवलाई दिएको बताएका थिए । तर यादवले भने उक्त चुनावका बेला लगेको र अहिले तिरेको दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि
जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो