जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
४ जेठ, काठमाडौं ।
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment