म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२९ पटक हेरिएको
Shares
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या

सारांश

  • म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा श्रीमान्-श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका छन्।
  • आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षका मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरेका हुन्।
  • गत वैशाख २८ गते बेवारिस शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए।

२ जेठ, काठमाडौं ।

म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा श्रीमान्-श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका छन्। आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षका मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरेका हुन्। गत वैशाख २८ गते बेवारिस शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक

मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए। मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रूपमा कार्यरत आएका थिए। घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

अभियुक्त बलबहादुर दम्पतीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए। दम्पतीले मिलेर हत्या गरेको स्वीकार गरिसकेका छन्, घटनाको थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक पौडेलले भने। अभियुक्त दम्पतीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
आज कुन तरकारी र फलफूलको भाउ कति ?
आज कुन तरकारी र फलफूलको भाउ कति ?
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल