बाँकेमा २२ आगलागीका घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२३ पटक हेरिएको
Shares
बाँकेमा २२ आगलागीका घटना

सारांश

  • बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् ।
  • नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो ।
  • सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालले जानकारी दिनुभयो ।

१ जेठः बाँके :

वैशाखमा जिल्लाका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् । नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो । सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालले जानकारी दिनुभयो । बारुण नियन्त्रण शाखाका इन्चार्ज झैनबहादुर खड्काले डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएका

जानकारी दिँदै यी जिल्लामा भएका ठूला घटना रहेका उल्लेख गर्नुभयो । उहाँले विद्युत् अनियमितताका कारण अधिकांश ठाउँमा आगलागीका घटना भएका उल्लेख गर्दै मानवीय क्षति भने नभएको बताउनुभयो । पर्याप्त मात्रामा वर्षा नहुनु, सुख्खा बढ्नुलगायत कारणले आगलागीको जोखिम बढेको भन्दै इन्चार्ज खड्काले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको दाबी गर्नुभयो । उहाँले नेपालगञ्जमा लागेका आगलागीमध्ये दोस्रो ठूलो क्षति भएको घटना रुचिवैश्यको भेरी कर्णाली सप्लायर्सको रहेको उल्लेख गर्नुभयो । नेपालगञ्ज–२२ पुरैनामा भएको उक्त आगलगीमा करिब रु ५० लाख बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो । सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बारुणयन्त्रका इन्चार्ज खड्काले जानकारी दिनुभयो । वैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको उहाँले बताउनुभयो । कार्यालयले पानी भरेर तीन बारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै उहाँले एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपय आगलागी गहुँबाली र उखुबालीमा भएको जानकारी दिँदै आगलागीका घटना हुन नदिन सबै सचेत हुनुपर्ने भन्दै भइहाले सजगता अपनाउन स्थानीयलाई आग्रह गर्नुभयो । —

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण
प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
जनकपुर पुगेर देउवाले भने- मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ
जनकपुर पुगेर देउवाले भने- मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग