रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३९ पटक हेरिएको
Shares
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो

सारांश

  • रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संखया दुई पुगेको छ ।
  • सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको थियो ।
  • अहिले फेरि अर्का घाइते सोही ठाउँकी ४४ वर्षीया लिला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

२९ वैशाख, काठमाडौं ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संखया दुई पुगेको छ । सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको थियो ।

अहिले फेरि अर्का घाइते सोही ठाउँकी ४४ वर्षीया लिला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनीहरू एकै घरका व्यक्ति रहेको प्रहरीको भनाइ छ । उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । उनीहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको पाठकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन
अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन
रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा
रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण