२६ जेष्ठ २०८२, आईतवार

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो

 

२९ वैशाख, काठमाडौं ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संखया दुई पुगेको छ । सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको थियो ।

अहिले फेरि अर्का घाइते सोही ठाउँकी ४४ वर्षीया लिला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनीहरू एकै घरका व्यक्ति रहेको प्रहरीको भनाइ छ । उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । उनीहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment