अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२२ पटक हेरिएको
Shares
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ

सारांश

  • उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् ।
  • उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् ।
  • उनले भने, ‘निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न सक्दैन ।

२८ वैशाख, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् । उनले भने, ‘निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न सक्दैन ।’

त्यसैले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको उनको भनाइ छ । ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, समस्या समाधानका लागि व्यग्र छ,’ मन्त्री पौडेलले भने । यसमा उनले दुईवटा उदाहरण समेत दिए । पहिलो उदाहरणको रुपमा उनले सरकार बनेलगत्तै अर्थतन्त्रको सिथिलता कसरी चिर्ने भनेर छलफल गरी कानुनी व्यवधान अध्यादेशको माध्यमबाट सम्बोधन गर्ने कोसिस गरेको जानकारी गराए । दोस्रो उदाहरणको रुपमा भने उनले निजी क्षेत्रको समस्या सम्बोधन गर्न कानुन संशोधनको प्रक्रियाबाट मात्रै पनि पर्याप्त नहुने भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको जानकारी गराए ।

निजी क्षेत्रको समेत प्रतिनिधित्व भएको सो आयोगले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए । बजेटको माध्यमबाट, कानुनको माध्यमबाट र कार्यकारी निर्णयको माध्यमबाट क्रमशः माग सम्बोधनको प्रयास गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । कतिपय सुझाव उपयुक्त भए पनि सम्भव नहुने र कतिपय सभ्व भए पनि उपयुक्त नहुने भन्दै मन्त्री पौडेलले भने, ‘सम्भव र उपयुक्त सुझाव ग्रहण गर्नका लागि मेरो प्रयास रहने छ । म यहाँहरुलाई यो बचन दिन पनि चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
दाङमा मुसुरो दाइँमा किसानको चटारो
दाङमा मुसुरो दाइँमा किसानको चटारो
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन
जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन