लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सारांश

  • वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिलबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ ।
  • अनुगमन टोलीले यस्ता पसललाई जरिवाना तोकेको छ ।
  • जसमा अनिता जनरल स्टोर्सलाई रू २० हजार, समाया ट्रेडर्सलाई रू १५ हजार, श्याम इलेक्ट्रोललाई रू १० हजार र मा इन्टरप्राइजेजलाई रू पाँच हजार जरिवाना तोकेको हो ।

 

२६ वैशाख  सिरहा ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिलबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ । अनुगमन टोलीले यस्ता पसललाई जरिवाना तोकेको छ ।

जसमा अनिता जनरल स्टोर्सलाई रू २० हजार, समाया ट्रेडर्सलाई रू १५ हजार, श्याम इलेक्ट्रोललाई रू १० हजार र मा इन्टरप्राइजेजलाई रू पाँच हजार जरिवाना तोकेको हो । त्यस्तै महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटकलाई सामान्य चेतावनीसहित सचेतीकरण गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका अनुसार यी पसलका सञ्चालनकलाई तीन दिनभित्र पसलमा मूल्यसूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ । यदि व्यवसायीले अटेर गरे कानुनबमोजिम कारबाही गरिने प्रमुख सुयालले बताउनुभयो । त्यसैगरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगञ्जका प्रतिनिधि मधुरेशप्रसाद साहले पहिलोपटक भएको बजार अनुगमनमा अखाद्य वस्तु बिक्री गर्नेलाई सचेत गराइएको र दोस्रो चरणको अनुगमनदेखि अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

उहाँले इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न व्यवसायीलाई निर्देशन दिनुभयो । अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानका साथमा घरेलु तथा साना उद्योग कार्यालय लहान, जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, सशस्त्र प्रहरीका प्रतिनिधि सम्मलित रहेका थिए । सरकारले निर्धारण गरेको नीतिनियम व्यवसायीले पूर्ण रूपमा पालना गर्नुपर्ने भन्दै जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास सारडाले आगामी दिनमा व्यवसाय सञ्चालनका लागि व्यवसायीलाई स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, घरेलु तथा साना उद्योग कार्यालयको दर्ता प्रमाणपत्र, नापतौल प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयको दर्ता प्रमाणपत्र तथा खरिद बिक्रीको बिलजस्ता कुरा साथमा अनिवार्य राख्न र नवीकरण गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी
एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा