+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै

सारांश

  •   कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै तालिम प्रदायक संस्था ‘प्रशिक्षण’ले आगामी जुन ४ देखि सुरु हुने ‘करियर कन्क्लेभ २०२५’ मा निःशुल्क आईटी तालिम प्रदान गर्ने भएको छ ।
  • उक्त तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, प्रोग्रामिङ (आधारभूतदेखि मध्यम तहसम्म), इन्टरनेट अफ थिङ्स (आईओटी), वेबसाइट डेभलपमेन्ट तथा गेम डेभलपमेन्टलगायतका विषयमा सहभागीलाई तालिम प्रदान गर्न लागिएको हो ।
  • विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा करियर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको संस्थाले जनाएको हो ।

१९ जेठ, काठमाडौं । 

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै तालिम प्रदायक संस्था ‘प्रशिक्षण’ले आगामी जुन ४ देखि सुरु हुने ‘करियर कन्क्लेभ २०२५’ मा निःशुल्क आईटी तालिम प्रदान गर्ने भएको छ । उक्त तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, प्रोग्रामिङ (आधारभूतदेखि मध्यम तहसम्म), इन्टरनेट अफ थिङ्स (आईओटी), वेबसाइट डेभलपमेन्ट तथा गेम डेभलपमेन्टलगायतका विषयमा सहभागीलाई तालिम प्रदान गर्न लागिएको हो ।

विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा करियर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको संस्थाले जनाएको हो ।  तालिममा सहभागीहरूले उद्योगमै कार्यरत विज्ञ प्रशिक्षकबाट कक्षा लिने, व्यवहारिक अभ्यास गर्ने, परियोजना निर्माणमा संलग्न हुने र तालिम पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्ने व्यवस्था रहेको छ । सीमित सिट मात्र उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । तालिममा सहभागी हुन इच्छुकले यो लिङ्कमा गई गुगल फर्म भर्नुपर्न पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
२८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित, हालान्डको दुई गोल
२८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित, हालान्डको दुई गोल
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध