पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२६ वैशाख, काठमाडौं ।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ । त्यसैले देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले जानकारी दिए ।
‘मौसममा खासै डिस्टर्ब छैन,’ मौसमविद झाले भने, ‘प्रिमनसुन भएकाले बादल लाग्ने र पहाडी भूभागका एक दुई स्थानमा आइसोलेटेड रुपमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना मात्र छ ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।आज राति पनि मौसमको अवस्था यस्तै नै रहने पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment