​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन

सारांश

  • बिहीबार विद्युत नियमन आयोगको छैठौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताए।
  • उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यिनले जति खाएपनि हुन्छ भनेर भनेको छैन।
  • प्रयोग गर्नेले यो तिर्दैनौ भनेका पनि छैनन्।

काठमाडौं : उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि बक्यौता रकम नउठाए पनि हुन्छ नभनेको बताए। बिहीबार विद्युत नियमन आयोगको छैठौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताए। उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यिनले जति खाएपनि हुन्छ भनेर भनेको छैन।

प्रयोग गर्नेले यो तिर्दैनौ भनेका पनि छैनन्। यस्तो कमजोरी दशौं वर्षदेखि हुनु आफैंमा लज्जास्पद छ।’ उनले नियामक निकाय हुँदापनि उपभोक्ताहरूले विल माग्दा विल दिने संस्थाले दिएको विल ठिक छ कि छैन भनेर चेकजाँच गर्नुपर्ने बताए।   ‘हामी जनताप्रति पूर्ण उत्तरदायी हुनुपरेको छ । यो हाम्रो दायित्व हो। यत्रो अधिकार सम्पन्न नियामन निकाय हुदाँहुदै बक्यौतालगायतका विषयलाई लिएर यति लामो विवाद भएर तिर्नुपर्ने रकम नतिर्ने, उठाउनुपर्ने रमक उठाउन नसक्ने अवस्था आउनु राम्रो भएन्। यस्तो विवाद पनि हुनुहुन्छ र ?अनि अनगर्ल प्रचारप्रसार गरेर कसलाई फाइदा पुर्याँउछ र ? यसको छिनोफानो गर्ने दायित्व नियमन आयोगकै थियो। उपभोक्ता भन्छन्– हामीले प्रयोग गरेको विल दिनुस्। तिर्न तयार छौ।

विल दिने संस्था भन्छ–हामीले जे लेख्यो त्यही विल हो। हामीले पठाएकै विल हो। त्यो विल ठिक छ कि छैन भनेर सबै हेरे त सकिन्छ होला,’उनले भने।  उनले सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी यसलाई छिनोफानो गराउने काममा विद्युत नियमनलाई लाग्न आग्रह गरे।   ‘सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी उपभोग गर्नेले पनि उपभोग गरेजति तिनुपर्ने गरी र उठाउनुपर्ने संस्थाले पनि उनले कति उपभोग गरे भन्ने कुरा नठगिने गरी उठाउनुस् भनेर सरकार बारम्बार भनिरहेको छ। यसलाई छिनोफानो गराउने काममा विद्युत नियमन लाग्नुहुनेछ म आग्रह गर्छु,’उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ: मन्त्री खरेल
मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ: मन्त्री खरेल
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
निर्वाचनको मिति पर सार्ने र दुई चरणमा गर्ने तयारी
निर्वाचनको मिति पर सार्ने र दुई चरणमा गर्ने तयारी