२६ जेष्ठ २०८२, आईतवार

पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी

 

२५ वैशाख, काठमाडौं । 

भारतले पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप बुधबार भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका ९ स्थानमा हवाइ आक्रमण गरेको थियो ।

भारतले अब थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको भारतीय टेलिभिजन आज तकले जनाएको छ । पाकिस्तानमा सञ्चालित आतंककारी शिविरलाई लक्षित गरी भारतले १२ स्थान पहिचान गरेको जनाइएको छ । पाकिस्तान अधिनस्थ कश्मीरसहित पाकिस्तानका अन्य भूभागमा समेत आक्रमणका लागि भारतले पूरा तयारी गरेको छ । भारतीय जासुसी निकाय रिसर्च एण्ड एनालाइसिस विङ रअले आक्रमणको निशाना पहिचान गरेको आज तकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?