इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
१३ वैशाख, काठमाडौं :
इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ५०० जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि सहरका विभिन्न अस्पतालहरूमा व्यवस्था गरिएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ । यद्यपि, विस्फोटको कारण भने अझै पत्ता लागेको छैन । शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले धेरै कन्टेनरहरू विस्फोट भएपछि ठुलो आगलागी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment